विश्वभरिका मानिसहरूको नकारात्मक सोचलाई सकारात्मक सोचमा रूपान्तरण गर्दै आशा, प्रेरणा र सकारात्मक ऊर्जा फैलाउने अभियानमा समर्पित।
शंकर भण्डारी नेपालको सुदूरपश्चिम प्रदेशअन्तर्गत अछाम जिल्लामा जन्मनुभएको हो ! उहाँ हाल अमेरिकाको विस्कन्सिन राज्यमा परिवारसहित बसोबास गर्दै आउनुभएको छ। उहाँ एक जना लेखक, राजनीतिक विश्लेषक तथा प्रेरणादायी सन्देश प्रवाह गर्ने व्यक्तित्व हुनुहुन्छ। हाल उहाँ राजनीतिक शास्त्रमा विद्यावारिधि (PhD) अध्ययनरत हुनुहुन्छ। उहाँले अमेरिका, जापान, दक्षिण कोरिया, बेलायत, स्विट्जरल्यान्ड, नर्वे, स्विडेन, अस्ट्रेलिया, कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स (दुबई), बहराइन, भारत, फ्रान्स, जर्मनी, नेदरल्यान्ड, डेनमार्क, फिनल्यान्ड, पोर्चुगल लगायत २५ भन्दा बढी देशहरूको भ्रमण गरिसक्नुभएको छ। यी देशहरूको भ्रमणका क्रममा उहाँले त्यहाँको समाज, संस्कृति, राजनीति, शिक्षा, विकास, सुशासन तथा जीवनशैलीबारे प्रत्यक्ष अध्ययन र अनुभव हासिल गर्नुभएको छ। यस विविध अन्तर्राष्ट्रिय अनुभवले उहाँलाई विश्व समुदायप्रति व्यापक, समग्र र दूरदर्शी दृष्टिकोण विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत प्रेरणादायी तथा सकारात्मक सन्देशहरू लेख्दै विश्वभरका मानिसहरूमा रहेका नकारात्मक सोचलाई सकारात्मक सोचमा रूपान्तरण गर्न प्रेरित गर्ने अभियान सञ्चालन गर्दै आउनुभएको छ। शिक्षा, सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र मानवीय मूल्यको प्रवर्द्धन उहाँका लेखनका प्रमुख विषयहरू हुन्। उहाँ आफ्नो सरल, सहयोगी र प्रेरणादायी व्यक्तित्वका कारण धेरैको सम्मान र विश्वासका पात्र बन्न सफल हुनुभएको छ।
A selection of photos and work.
The Valders Journal
Rajdhani
Status posts, most recent first.